२०८० चैत्र १५ , बिहिवार

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो ।उहाँ पेशाले फोटो पत्रकार समेत हुनुहुन्छ । उहाँले सगरमाथा सहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका७ओटा हिमालहरु चढि सक्नु भएको छ ।

 

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै हुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर गरियो ।

 

कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु भयो र सूश्री पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी सँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको वताउनु भयो ।