२०८१ बैशाख १२ , बुधवार

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको आजबाट नयाँ कार्य कालको शुभारम्भ भएको छ ।

 

मिति २०७९ भाद्र ५ गते अपरान्ह ४ बजे वसेको संचालक समितिको २९८ औं वैठकले यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठज्यूको कार्यकाल आज मिति २०७९/०५/१९ बाट थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ साथैं ग्राहक माहानुभावहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट SHANGRILA CUSTOMER CARE शुभारम्भ गरी ग्राहक महानुभावहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको ब्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।