२०८१ बैशाख ६ , बिहिवार

खप्तड लघुवित्तको आइपीओ सोमबार बिहान बाँडफाँट हुदै

सुनाखरी न्युज/ काठमाडौं । खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा सोमबार (भदौ २० गते) बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

 

यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता, खप्तडको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । १२ हजार ३४० जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

 

यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।