२०८० चैत्र १६ , शुक्रवार

लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्।

 

‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने। संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको भन्दै उनले त्यस्तो अनैतिक कामको साक्षी आफू बस्न नसक्ने बताए।

 

सानाे पार्टीको अध्यक्ष भएको नाताले चुनावकेन्द्रीत गतिविधिमा जानु पर्ने र सांसद भएरै त्यसमा होमिन नैतिकताले नदिने उनकाे भनाइ छ। जाँदाजाँदै उनले आगामी चुनावपछि ठूलो पार्टी र नीतिगत रुपमा प्रभाव पार्ने गरी संसदमा उपस्थित हुने बताए।