२०८१ बैशाख ११ , मंगलबार

शेयर बजारमा सामान्य सुधार

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज सामान्य अंकले बढेको छ । पछिल्लो केही दिनदेखि निरन्तर रुपमा घटिरहेको बजारमा आइतबार सामान्य अंकको सुधार देखिएको हो ।

 

आज नेप्से ६.६८ अंकले बढेर एक हजार ९ सय ७७ दशमलब ३० विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजारमा सुधार आएपनि कारोबार रकम भने खुम्चिरहेको छ । आज नेप्सेमा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये ११३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । रु रु जलविद्युत्त कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८४.५० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४३३ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी वापर कम्पनीको भएको छ । यसको आज ८ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।