२०८१ बैशाख ७ , शुक्रवार

एनआईसी एशिया बैंकले ल्यायो दशै विशेष निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत निशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ ।

 

यो योजना भाद्र १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी बैंकले जनाएको छ । यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाइल बैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी मोबाइल बैंक मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नविन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

 

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एन आई सी एशिया मोबाइल बैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एन आई सी एशिया मोबाइल बैंकभित्र रहेको आइरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

 

यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरू बाट नगद रकम सहजै झिक्न सकिने जनाएको छ ।