२०८१ बैशाख ६ , बिहिवार

लायन्स क्लब अफ पोखरा ब्लु स्काईद्वारा सिद्धबराह तपोवनमा वृक्षरोपण

सुनाखरी न्युज/ पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले पोखरा २३ स्थित सिद्धबराह तपोबन आश्रममा परिसरमा वृक्षरोपण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार वृक्षरोपण गरिएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका वृक्षारोपण विभाग कास्कीका प्रमुख जगन्नाथ तिमिल्सिनाले हरियाली आवश्यक रहेको हुँदा वृक्षरोपण कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । साथै वातावरण जोगाउनु हामी सबैको दायित्व भएको समेत तिमिल्सिनाले बताए । त्यस्तै कार्यक्रमको अध्यक्षता गरिरहेका लायन्स क्लब अफ पोखरा ब्लु स्काईका अध्यक्ष कमल सुवेदीले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने बताए । साथै विपन्न परिवारका बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम छिट्टै आयोजना गरिने समेत उनले जानकारी दिए ।

 

क्लबका संस्थापक अध्यक्ष युवराज पौडेल, सिद्धबराह तपोवन सन्यास आश्रम समितिका कार्यवाहक अध्यक्ष सुर्य भण्डारी, गण्डकी होम स्टेका अध्यक्ष हरिलाल पौडेललगाएत क्लबकार्यसमितिको उपस्थितिमा करिब ६० बिरुवा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक भरतमणि पराजुलीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तिमिल्सिनाले क्लबका अध्यक्ष सुवेदीलाई पिपलको विरुवा दिएर वृक्षरोपण कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रमको सञ्चालन क्लबकी सचिव विन्दु शर्मा सुवेदीले गरेकी थिइन् ।