२०८१ बैशाख १३ , बिहिवार

तोलामा छ सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको हो । आज सुनको मुल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।