२०८१ बैशाख ६ , बिहिवार

निष्पक्ष र भयरहित निर्वाचनकालागि आवश्यक व्यवस्था मिलाईसकेको प्रधानमन्त्रीको भनाइ

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाईसकेको बताउनुभएको छ ।

 

प्रजातान्त्रिक चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मंसिरमा हुने आमनिर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने भन्दै कांग्रेसलाई अत्यधिक मतले विजयी गराउने गरी तयारी गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुहुँदै ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य र सहज उपचार सेवा पुर्‍याउन सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले मुलुकको बिकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट छुट्टाउनुपर्ने बताउनुभयो । कांग्रेस उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा समानुपातिक तर्फ चिकित्सकहरुलाई पनि स्थान दिनुपर्ने मागलाई पार्टीले सकारात्मक रुपमा लिएको बताउनुभयो । नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरुले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरेका थिए ।