२०८१ बैशाख ६ , बिहिवार

७७ रै जिल्लामा कांग्रेस आज दशौ दिनमा ” जनताको साथमा कांग्रेस ” अभियान सार्थक रुपमा सफल

किरण गिरी –” जनताको साथमा कांग्रेस ” अभियान भाद्र – १० गते बाट देशभर प्रारम्भ तथा उद्घाटन कार्यक्रम सम्पन्न भै मुलुक भर सञ्चालन भैरहेको छ । भद्र -२४ गते पहिलो चरण को यो अभियान सम्पन्न हुने छ । आज अभियान को दशौ दिन सबैमा बधाई तथा सफलता को शुभकामना ।

 

यसै क्रममा संघीय संसद प्रतिनिधि सभा को लागी समानुपातिक तर्फ मेरो उम्मेदवारी क्षेत्रबाट सिफारिस गर्ने निर्णय भएको छ ।नेपाली कांग्रेस पार्टी को औपचारिक बैठक एबं मेरो आफ्नो भूगोल कर्म थलो र साथीहरू माझ मैले आगामी मंसिर -४ गते सम्पन्न हुन गइरहेको आम चुनाबमा संघीय संसद प्रतिनिधि सभा मा समानुपातिक तर्फ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको थिए । मेरो प्रस्ताव लाई ९ नं. क्षेत्रीय कार्यसमिति ले स्वीकार गरेर सिफारिस गरिपठाउने निर्णय गरेको छ । म सबै मेरो नेताहरु र साथीहरू लाई हार्दिक आभार प्रकट गर्दछु ।

 

नेपाली कांग्रेसका आदरणीय केन्द्रीय नेता ज्यु हरु आदरणीय समकालीन नेता मित्रहरू र पार्टीका आम कार्यकर्ता साथीहरुमा हार्दिक अपिल गर्दछु , कि म नेपाली कांग्रेस को नीति , सिद्धान्त र आदर्श प्रति समर्पित हुदै नेपाली कांग्रेसको नीति र नेतृत्व लाई पुर्ण बिश्वास गरेर एउटा बेग्लै राजनीतिक पृष्ठभुमि बाट केन्द्रीय तहको पदाधिकारी परित्याग गरि राजनीतिक रुपान्तरण हुदै नेपाली कांग्रेस को केन्द्रीय सदस्य को भुमिका र जिम्मेवारी बहन गरेको हुं । नेपाली कांग्रेस जस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य हुनु मेरो लागी अत्यन्तै गौरब र गर्ब को बिषय हो । यो ऐतिहासिक अबसरका लागी म नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा , नेतृत्व तह र केन्द्रीय कार्यसमिति लाई हार्दिक सम्मान र नमन व्यक्त गर्दछु । अब मैले मेरो बाकी राजनीतिक जीवन पुर्ण रुपमा नेपाली कांग्रेस मा समर्पित गर्ने घोषणा गरिसकेको छु ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सम्माननिय प्रधानमन्त्री ज्यु र केन्द्रीय संसदीय समिति एबं केन्द्रीय कार्यसमिति मा मेरो संघीय संसद प्रतिनिधि सभा मा समानुपातिक तर्फ उम्मेदवारी स्वीकृत एबं निर्णयका लागी हार्दिक अपिल गर्दछु । समादरणिय नेतृत्व प्रति हार्दिक नमन सम्मान अर्पण समेत गर्दछु ।

 

सबैमा पुनः जय नेपाल को न्यानो सम्मान सहित :-
नेपाली कांग्रेस पार्टी को केन्द्र , जिल्ला , क्षेत्र , प्रदेश , पालिका र वडा वडामा संगठन सुदृढीकरण , बिस्तार एबं प्रचार प्रसार लगायत पार्टी गतिविधि र कार्यक्रमहरु मा सशक्त र प्रभावकारी रुपमा सक्रिय रहदै आएको यहाहरु लाई अबगतै छ । मेरो यो सक्रियता निरन्तर रुपमा अगाडि बढी रहने छ ।
मलाई निश्चित रुपमा थाहा छ र यो यथार्थ पनि हो कि नेपाली कांग्रेस पार्टी लाई आजको यो अवस्थामा ल्याउन मेरो भन्दा हजारौं गुना बढी यहाहरुको त्याग , तपस्या , योगदान र लगानी छ । म यो यथार्थ र आफ्नो धरातलीय बास्तविकता लाई कहिल्यै भुल्ने र बिर्सने छैन ।

 

यही बास्तविकता लाई आत्मसात गर्दै मैले आगामी मंसिर – ४ गते हुन गैरहेको आम निर्बाचनमा संघीय संसद प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवारी दिने अनुमति यहाहरु बाट प्राप्त गर्दछु भन्ने बिश्वास व्यक्त गर्न चाहान्छु ।
म नेपाली कांग्रेस पार्टी को केन्द्रीय नेतृत्व एबं केन्द्रीय तह लगायत सबै तहका कार्यसमितिका निर्णय , नीति र निर्देश को पुर्ण रुपमा कार्यान्वयन गर्न र गराउन सदा दृढ़ र प्रतिबद्ध रहने छु । हुन त समानुपातिक निर्बाचन प्रणाली भनेको सिंगो मुलुक एक निर्बाचन क्षेत्र मानेर निर्बाचन गर्ने प्रणाली हो । यसको सम्पुर्ण निर्णय केन्द्रीय संसदीय समिति र केन्द्रीय कार्यसमितिले गर्ने हो । पार्टी को बिधान अनुसार सम्बन्धित संघीय संसदीय निर्बाचन क्षेत्रबाट उम्मेदवार को नाम सिफारिस र निर्णय भै आउनु अनिवार्य रहेको ले संघीय संसद प्रतिनिधि सभा को समानुपातिक तर्फ मेरो नाम उम्मेदवारी प्रस्ताव सिफारिस सहित निर्णय गर्न र गराइदिनहुन म नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं .- ९ क्षेत्रीय सभापति ज्यु र कार्यसमितिमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । काठमाडौं जिल्ला सभापति ज्यु र कार्यसमिति र बगमती प्रदेश सभापति ज्यु र कार्यसमितिमा सिफारिस सहित निर्णय का लागी समेत हार्दिक अपिल गर्दछु ।
यहाहरु सबैमा हार्दिक जय नेपाल ।
किरण गिरी , नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य हाल महासमिति सदस्य काठमाडौं नेपाल ।

मेरो उम्मेदवारी स्विकार्दै ९ नं. क्षेत्रीय कार्यसमितिले सिफारिस गरिपठाउने निर्णय गरेको हुदा क्षेत्रीय सभापति , क्षेत्रीय कार्यसमिति लगायत सबै नेता कार्यकर्ता हरु लाई पुन : हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेपाली कांग्रेसको ” जनताको साथमा कांग्रेस ” अभियान ।
किरण गिरी ।
नेपाली कांग्रेसका केन्द्रीय प्रबक्ता डा.प्रकाश शरण महत द्वारा भाद्र – ४ गते शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञपति अनुसार अभियान को कार्यक्रम , लक्ष्य र उध्येश्य यश प्रकार रहेको छ :-
अभियानको नाम :-
‘जनताको साथमा कांग्रेस’ अभियान

अभियानको समयावधि :-
* पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म
* दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि ।
* तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि ।
अभियानको चार उद्देश्य :-
१) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।
२) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३) कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।
४) निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।
अभियानका लागि केन्द्रीय एवं अन्य तहका प्रतिनिधिहरू :-
* अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् ।
* ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने छन
केन्द्रीय प्रतिनिधिको ७ जिम्मेवारी :-
अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु हुनेछ र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम बारे छलफल गरी निम्न कार्यमा सरिक रहनु हुनेछ ।
१) पन्ध्र दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु हुनेछ ।
२) जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।
३) एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन÷महासमिति÷प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरु भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्नु हुनेछ ।
४) गठबन्धनमा रहेका दलहरु बिच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्न ÷ बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नु हुनेछ ।
५) निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नुहुनेछ ।
६) अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न÷गराउन जिल्ला समिति एवं मातहतका समितिहरुलाई सहजीकरण गराउनु हुनेछ ।
७) पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने ।
अभियान अवधिमा सम्पादन गरिने बिशेष ७ दायित्व
आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यो अभियानको अवधिमा व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने ७ जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ ।

 

अभियानमा ७ प्रदेश कार्यसमितिहरूको भूमिका
क) अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सातवटै प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
ख) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रका सबै प्रदेश सभा क्षेत्रमा प्रतिनिधि खटाउने
छन् ।
ग) प्रदेशबाट खटिने प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिसँग समन्वय गरेर प्रदेशसभा भित्रका कार्यक्रमहरु प्रभावकारी र सफल बनाउन प्रदेश क्षेत्रीय सभापति र कार्यसमितिलाई सहजीकरण र सहयोग गर्नेछन् ।
घ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नेछ ।
ङ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेशको अनुकूलता र अपेक्षा अनुरुप अभियानका लागि थप कार्यक्रम तर्जुमा गर्न सक्नेछ ।

 

अभियानमा जिल्ला कार्यसमितिको भूमिका :-
१) आफ्नो जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्नेछ ।
२) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिती र पालिका समितीसंग आवश्यक समन्वय गर्नेछ ।
३) जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्लाको प्रतिनिधि खटाउनेछ । यसरी खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गर्नेछन् र अभियान भरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनेछन्, विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुनेछन् ।
४) जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफु अन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्नेछ ।
अभियानमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको भूमिका :-
१) केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिसंग समन्वय र गाउँ–नगरसमितिसंगको सहकार्यमा क्षेत्रीय कार्यसमितिले अभियानको कार्ययोजना तयार गर्नेछ ।
२) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडाभन्दा फरक–फरक वडामा प्रतिनिधि खटाइ परिचालन गर्नेछ । यसरी खटिएका प्रतिनिधिले गाउँ–नगर कार्यसमितिसंग समन्वय गरी वडा कार्यसमितिसंगको सहकार्यमा टोल–टोलको कार्यक्रम तय गर्नेछन् र अभियानभर वडाका अभियानमा क्रियाशील रहनेछन् ।
३) प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय समितिसँगको समन्वय र आफ्नो नेतृत्वमा आफ्नो प्रदेश क्षेत्र भित्रको अभियानलाई प्रभावकारी बनाउन समुहमा बाँडिएर भुमिका निर्वाह गर्नेछन् ।

 

अभियानमा पालिका कार्यसमितिहरूको भूमिका :-
१) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
२) क्षेत्रीय कार्यसमितिले खटाएको प्रतिनिधिसंगको समन्वयमा टोलसम्म अभियान प्रभावकारी बनाउन वडा कार्यसमितिसंग समन्वय गरी हरेक टोलमा प्रतिनिधि खटाउने ।
३) अभियानकै क्रममा वडा टोलका कार्यक्रमका साथै पालिका कार्यसमितिले पालिका स्तरीय एउटा सार्वजनिक कार्यक्रमको संयोजन गर्ने ।
४) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।
अभियान केन्द्रीकृत नभई विकेन्द्रीत गरिने

क) उद्घाटन कार्यक्रम ः –
* भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने छन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहिँ जिल्ला स्तरीय रुपमा, कहिँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिनेछ ।
* उद्घाटन समारोह मार्फत अभियानको उद्देश्य बारे सार्वजनिक प्रकाश गरिनेछ ।
ख) हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा कार्यक्रम ः
* गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिका स्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।

टोल केन्द्रित अभियानको प्रारुप :-
१) नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित वढीमा १५ जना रहने व्यवस्था गरेको छ । विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ ।
२) कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्नेछ ।
३) टोल कार्यसमिति भित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड यस विचमा टुंगो गर्नु पर्नेछ ।
४) टोल कार्यसमितिको बैठक नियमित रुपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको शुरुवात गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।
५) टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ
६) अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तिमा एउटा राजनीतिक कार्यक्रम, कम्तिमा एउटा सामाजिक कार्यक्रम, कम्तिमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समुहहरूसंग महिलाका मुद्दाका वारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र सामाजिक मुद्दावारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसंग संवाद (पार्टीको सांगठनिक अबस्था विष्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्नेछ ।
७) कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने । कार्यक्रममा आफै बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्नेछ । सकेसम्म जनताकै आगनमा छलफल गर्ने प्रबन्ध मिलाउनु पर्नेछ ।
८) अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म । समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने ।
९) अभियानका दौरान टोलमा संचालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहने । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिने ।
१०) टोलभित्रको घरधुरी संख्या, घर मुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको शिलशिलामा गएको भए सो को विवरण लगायत टोलको विस्तृत विवरण संकलन गर्ने । बाहिर रहेका मतदातासंग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकता अनुसार सम्पर्क समन्वय गर्ने ।
११) टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावद्यिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिने। मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने ।
१२) राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्ने ।
१३) टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या वाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःख सुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिने ।

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको भूमिका :-
१) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
२) कतिपय भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने ।
३) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने ।
अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरूको भूमिका :-
१) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने
२) पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्ने ।
३) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने । विवरण संकलन गर्ने

अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूको जिम्मेवारी :-
१) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई मातृभूमिमा हुन लागेको चुनावमा आ–आफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने ।
२) सामाजिक सञ्जाल मार्फत अभियानलाई बल पुर्‍ याउने ।
अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।
प्रथम चरणको समापन कार्यक्रम :-
भदौ २४ गते वीपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरे बमोजिम केन्द्रीकृत रुपमा अथवा विभिन्न तहमा विकेन्द्रीत ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ भन्ने जानकारी नेपाली कांग्रेस का केन्द्रीय प्रबक्ता डा. प्रकाशशरण महत द्वारा बितरीत प्रेस बिज्ञप्तीमा दिइएको छ ।

बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चित ।
सकारात्मक सोच र रचनात्मक जिबनशैली नै सफलताको प्रमुख आधार हो ।

लेखक – किरण गिरी नेपाली कांग्रेस केन्द्रीय नेता निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।