२०७९ आश्विन १८ , मंगलबार

सत्ताको कखराका लागि कहिले सम्म बजाउने धर्मको नगरा ?

गोपी ढकाल – सिनोमा रमाउने ब्वांसोले पिपलको फेदमा बसेर एकादशीको व्रतकथा सुनायो अनि लादी र हड्डीका लागि समेत मरिहत्ते गर्ने अर्को हिंश्रक जनावर हुंडारले अहिंसक सम्मेलन गरायो भने रूरू मृगहरू कति धेरै खित्का छोड्दै हास्थे होला ? त्यसर्थ सत्ता र कुर्सीको तोरी बारीमा चर्नकै लागि वैदिक सनातन धर्मको राग अलाप्दै । एउटा तुच्छ विषाणहीन पशुझैं कराउनु त्यो नै सर्वथा व्यर्थ छ ।

 

जसलाई विषयभोग प्रति कुनै अनुराग छैन भने त्यस्ता मान्छेका लागि आफ्नो घर नै तपोवन हुन्छ । इन्द्रिय लाई जित्न सके घरभित्र नै उसको तपस्या सिद्ध हुन्छ तर वनमा गएर वानप्रस्थ जीवन बिताउदै तपस्या गरेपनि कामेन्द्रिय जित्न सकेन भने त्यो योगी भएपनि ढोंगी मानिन्छ । जो सत्य संग डराउछ । चाँदीको थालमा खाउन्जेल सम्म रमाउछ तर खान नपाउदा भिजेको बोरा भित्रको जांतो बोक्न नपाउदा कराउने गधाझैं बेस्सरी कराउछ । मार्गचित्र भन्दै विचारको नक्कली आभुषणले आफ्नो अनुहार आफैं सजाउछ । राक्षसीकरण लाई देवत्वकरण गर्दा रमाउछ तर त्यसो नगरे आफ्नै सहयात्री भएपनि स्वार्थी र अधम भन्दै बेस्सरी सताउछ ।

 

बिहान देखि बेलुका सम्म धर्मको बाजा बजाउछ तर मौका मिल्यो कि खानका लागि निष्ठा र अठोट बाट ओर्लेर कामेन्द्रिय वासनामा सर्लक्कै हराउछ भने त्यस्ता मान्छे लाई सम्बर्द्धनवाद भन्दै धर्मको राग अलाप्ने कुनै अधिकार रहन्छ ? यस्तै कामेन्द्रियवासना वादी हरूले सनातन धर्मको नाममा अरूलाई दुस्खित , पीडित र चिन्तित बनाउने काम नगरी अनुसरणीय , अनुग्रहणीय , आचरणीय र सततग्रहणीय काम गरेका भए ।

 

क्रिश्चियन हरूको धर्म गाउँ गाउँ सम्म कालीझारझैं फैलिएको देख्नु पर्ने थियो रु सत्ताको तोरी बारीमा चर्न पाउन्जेल सम्म विश्वकै उत्कृष्ट भन्दै रमाउने तर जब मिलेन अनि वैदिक सनातन धर्मको राग अलाप्दै एउटा विषाणहीन पशुझैं कराउने काम नगरिएको भए । यज्ञयवादी आस्तिक हरूको बाहुल्यता रहेको देवभूमि नेपालमा ईश्वर छैन मर्‍यो भन्ने नीरिश्वरवादी कम्युनिस्टको दबदबा सहितको जङ्गल राज भोग्नु अवस्था आउने थियो ? हो , विशाल राजमार्गमा सानले हिडेको मान्छे ( अशनको गल्लीमा हल्लिदै हिड्नु पर्दा पीडा त भएकै होला तर जो आफ्नो मनलाई आफ्नै अधिनमा राख्न असमर्थ हुन्छ , जसको मन कामेन्द्रिय वासनाका लागि मात्र मरिहत्ते हुन्छ । त्यस्ता मान्छेले धर्मको राग अलाप्नु सर्वथा नै बेकार छ ।

 

किनकि धर्म भनेको सत्यको याचना हो किन्तु खानकै लागि चारैतर्फ घेरिएको सुरक्षाको कवच होइन । धर्म भनेको भावना हो , सवलता हो अनि नीतिको कुरा मात्र होइन विश्वासको आधार पनि हो । धर्म भनेको त्रासक होइन (( अभित्रासक हुन्छ , हिंश्रक होइन अहिंसक हुन्छ , वज्रस्वाँठ होइन विनयशील हुन्छ , क्रूर होइन शान्तिकामी हुन्छ , सत्य र सदाचारमा चलेको हुन्छ , हृदयमा विशालता हुन्छ र जीवनमा शालिनता हुन्छ । त्यसैले सधैं क्रिया र संष्कार संग लगेर सम्बन्ध जोड्नु पर्ने धर्मलाई खानकै लागि अहंकार संग जोडेपछि उर्दुमा एउटा कहावत छ ((( एक ही नुस्खे के फेरसे खुदा । जुदा हो गया ।

लेखक : राप्रपा केन्द्रीय सचिवालय सदस्य हुन