२०८१ बैशाख १३ , बिहिवार

नवोदित कलेजको आयोजनामा ‘ओरेन्टेसन प्रोग्राम’ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।
नवोदित कलेजले कक्षा ११ का विद्यार्थीकालागि ‘ओरेन्टेसन प्रोग्राम’ आयोजना गर्यो । काठमाडौंको वसुन्धरास्थित यति पार्टी प्यालेसमा शनिबार सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलेजको कक्षा ११ का नवआगन्तुक विद्यार्थीका साथ कक्षा १२ र स्नातक तथा स्नातकोत्तर तहका विद्यर्थाी, शिक्षक, एवं कर्मचारी लगायतको सहभागिता रहेको थियो।

 

 

कार्यक्रममा कलेजका प्राचार्य राजेन्द्र अधिकारी, सहप्राचार्य जिवी अधिकारी, कोअर्डिनेटर कृष्ण विलास अधिकारी, ब्यवस्थापन संकायका प्रमूख जागृत खनाल, नेपाली विभाग प्रमूख हरि आचार्य लगायत विभिन्न ब्यक्तिहरुले कार्यक्रमका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
त्यसक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमलाई समेत समेटिएको थियो ।