२०८१ बैशाख ४ , मंगलबार

कोरोना अपडेटः २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २०० संक्रमित

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । २०० संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३८१ पीसीआर परीक्षणमा ९२ जना र एन्टिजेन विधिबाट गरिएको २ हजार १५६ परीक्षणमा १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

शनिबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको छ ।

 

२४ घण्टामा ३३९ जना निको भएका छन् भने २ लाख ९७ हजार ११५ जनाले खोप लगाएका छन् ।