२०८१ बैशाख ७ , शुक्रवार

बहुआयामिक प्रतिभाका धनी अमिन पाण्डेय वागमती प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । बहुआयामिक प्रतिभाका धनी अमिन पाण्डेय वागमती प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस भएका छन ।

 

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्बाचन मा प्रदेश सभा को प्रत्यक्षतर्फ नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ ले प्रदेश (ख) मा राजनीति बुझे देखी शालिन ढंग ले आफुलाई प्रस्तुत गरेका बहुआयामिक प्रतिभाका धनी युवा व्यक्ति अमिन पाण्डेय लाई क्षेत्रीय कार्यसमितिले सिफारिस गरी काठमाडौ जिल्लामा पठाएको छ ।

 

विगत ३ दशकदेखि सामाजिक, राजनितिक गतिविधिमा सकृय पाण्डे त्यस क्षेत्रका मतदातामाझ अत्यन्त लोकप्रिय छन् । पाण्डेय राजनितिक , सामाजिक क्षेत्र मा मात्र नभई सांगीतिक क्षेत्र , सञ्चार क्षेत्र मा पनि उत्तीकै चर्चित अधिवक्ता समेत हुनुहुन्छ । स्वच्छ मन , सफा चरित्र र मृदुभाषि पाण्डेय लाई आफ्नो प्रतिनिधि को रुपमा पाउनु सो क्षेत्र को लागी बरदान भन्दा कम हुनेछैन ।