२०८१ बैशाख १२ , बुधवार

गाउँपालिका अध्यक्ष दीपक यादवको नेतृत्वमा सयौँ नेता कार्यकर्ता जसपा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

 

शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा यादव सहित नेकपा (माओवादी केन्द) का राजनारायण साह लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन् । यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीका प्रवक्ता मनिस सुमन, पार्टीका राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो । निर्वाचन नजिकिए सँगै पार्टी प्रवेशले तिब्रता पाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् ।