२०८१ बैशाख ७ , शुक्रवार

विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ८८ जना बिद्यार्थी चालकहरू कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ८८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा सवारी साधन चलाउने ४ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् । यस्तै नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउँदै गरेका ४ जना, दुईपाङ्ग्रे सवारी साधनमा तीन जना सवार २ जना चालक र हेल्मेट नलगाएका १ जना चालकलाई पनि आजै कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ६ सय ७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।