२०८१ बैशाख १२ , बुधवार

रोकिएन शेयरबजारको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन शुक्रबार आज सामान्य अंकले घटेको छ । आज नेप्से १.६७ अंकले घटेर एक हजार ९ सय ७० दशमलब ६२ विन्दुमा बन्द भएको छ ।

 

बिहिबार नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६९ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये ७३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सपाेर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता १४०० रुपैयाँ पुगेको छ । त्यस्तै, रु रु जलविद्युत्त कम्पनीको शेयरमुल्य ९.६७ प्रतिशतले बढेर प्रतिकित्ता ८९५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।