२०८१ बैशाख ८ , शनिवार

बक्सअफिसमा झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ एकै साथ भिड्दै

सुनाखरी न्युज /काठमाडौं – शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन । ‘स्पाइडरम्यान स् नो वे होम’को पुनः प्रदर्शन रोकिएको छ ।कोरोनाका कारण थन्किएका र कोभिड मत्थर भएपछि निर्माण भएका फिल्महरु यतिबेला एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन ।

 

असारयता हरेक हप्ता हलमा नेपाली फिल्म टुटेका छैनन । फिल्मको चाप यो हदसम्म छ कि एकै मितिमा दुईरतीनवटा फिल्म भिडिरहेका छन । यो हप्ताका लागि शुक्रवारबाट दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्किन्छ भन्ने सन्देश फिल्ममा छ ।

 

 

दुवै फिल्मका नाम चलेका कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । यही फिल्मबाट गायकको रुपमा चर्चित सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ । यो फिल्मले पनि नायकको रुपमा कुशल विष्टलाई जन्म दिएको छ ।फिल्म क्षेत्रमा पूजा र आँचललाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । र, पहिलो पटक उनीहरुको फिल्म एकआपसमा भिडेको हो । जसले गर्दा यो भिडन्तलाई उनीहरुको स्टारडम मापनको रुपमा हेरिएको छ । दुवै फिल्मको भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर छ । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्सहरुमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।