२०८१ बैशाख ७ , शुक्रवार

सुनको मूल्यमा निरन्तर गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ६ रुपैयाँले बढेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।