२०८० चैत्र १६ , शुक्रवार

नेपाली राष्ट्रिय टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दै

सुनाखरी न्युज/ काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दैछ । तीन एक दिवसीय श्रृङखलाको पहिलो खेल केन्याको नैरोबीस्थित जेवाईएम खेल मैदानमा दिउसो १२.४५ बजेदेखि खेलिने तालिका रहेको छ ।

 

यसअघि भएको पाँच खेलको अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट शृङ्खला नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नेपाली टोली खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ । टी-२० खेलमा ब्याटिङ र बलिङ दुबैमा सुधार गर्दै लगेको नेपालले एकदिवसीयको नतिजा पनि आफ्नो पक्षमा पार्ने खेलाडीहरुको विश्वास छ ।

 

शृङ्खलाको दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ । केन्यासँग पाँच खेलको टि-२० शृङ्खला र तीन खेलको एकदिवशीय शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा केन्यामा रहेको छ ।