२०८० चैत्र १६ , शुक्रवार

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बृद्धि भएको छ । नेपाल आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

 

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।