२०८१ बैशाख १३ , बिहिवार

कोका-कोला जेरो सुगर ग्लास बोतलमा

सुनाखरी न्युज/ काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ।

 

जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो। फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरु बातावरण–मैत्री त छन नै यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रेफ्रेस बनाइराख्छ। कोका–कोला जेरो सुगर आरजीबी बोतल काठमाण्डौका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध छ।

 

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताका लागि हरेक परिस्थितिमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा। यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजीबी प्याकमा पनि यहाँँहरुमाझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ। जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताका लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो।’

 

कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो। स्थानीय उपभोक्तासँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धताअनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको जीवनशैली र आवश्यकताअनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरु बजारमा ल्याउँदै आइरहेको छ।

 

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेसमेन्टको किफायती विकल्प हो। क्यालोरी बिना रिफ्रेसमेन्ट लिन चाहने उपभोक्ताका लागि अत्यन्तै उपयुक्त यो प्याक पुनः प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ।’कोका–कोला जेरो सुगरको नयाँँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ। यसका साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ।