२०८१ बैशाख १३ , बिहिवार

नेपाली कांग्रेस क्षेत्र नं.-९ काठमाडौंले उम्मेदवारको नामावली तय

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नं.-९ काठमाडौं ले उम्मेदवारको नामावली तय गरेको छ ।

 

नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं .-९ क्षेत्रीय कार्यसमितिको बैठक ले आगामी मंसिर -४ गते सम्पन्न हुन गइरहेको संघीय संसद प्रतिनिधि सभाको लागी प्रत्यक्ष तर्फ ६ जना उम्मेदवारको नाम र समानुपातिक तर्फ ४ जना उम्मेदवार को नाम पार्टी को निर्देशन अनुसार माथिल्लो तहको कार्यसमिति मा पेश गर्ने निर्णय सर्बसहमतीले गरेको छ ।

 

१५ गते बुधबार क्षेत्रीय सभापति जयकृष्ण महर्जनको अध्यक्षता सम्पन्न भएको बैठकले क्षेत्रीय कार्यसमिति , केन्द्रीय सदस्य , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि , प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठकले प्रत्यक्ष तर्फका उम्मेदवार हरु :-
१.जयकृष्ण महर्जन , क्षेत्रीय सभापति ।
२. ध्यन गोबिन्द रञ्जित , केन्द्रीय सदस्य ।
३ . नानू बास्तोला , केन्द्रीय सदस्य ।
४. धर्मराज गौतम , महाधिवेशन प्रतिनिधि ।
५.तिर्थ राम डंगोल , पुर्ब राज्य मन्त्री एबं क्षेत्रीय प्रतिनिधि ।
६. गौरी प्रसाद दवाडी , महाधिवेशन प्रतिनिधि लाई सिफारिस गरिपठाउने निर्णय गरेको छ भने समानुपातिक तर्फका उम्मेदवार हरु :-
१.किरण गिरी , पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य ।
क्रियाशील सदस्यता नं.-०३३००९२०८०७००३८०/१४
२ . दामोदर गौतम , महाधिवेशन प्रतिनिधि ।
३.बासु कार्की , महाधिवेशन प्रतिनिधि ।
४ . बन्दना खडका , क्षेत्रीय सचिव लाई सिफारिस गरि पठाउने निर्णय सर्बसहमतीले गरेको हो ।

प्रत्यक्ष र समानुपातिक दुबै तर्फ १० सै जना उम्मेदवारको नामावली पठाउने निर्णय भएको सो बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ध्यान गोबिन्द रञ्जित , नानू बास्तोला र पुर्ब केन्द्रीय सदस्य किरण गिरी को सहभागिता र निर्णय मा हस्ताक्षर समेत भएको जानकारी नेपाली कांग्रेस काठमाडौं ९ नं क्षेत्रीय कार्यसमिति ले दिएको छ