२०८१ बैशाख १३ , बिहिवार

राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।

बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् ।

पार्टीमा उत्पीडित समुदायको नेतृत्व र संघीयता, सुशासन, समृद्धि र समाजवादको २१ औँ सताब्दी सुहाउँदो अग्रगामी विचार र सिद्धान्तबाट प्रेरित भएर पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।