२०८१ बैशाख १३ , बिहिवार

पछिल्लो २४ घण्टामा नेपालमा २६९ जना नयाँ संक्रमित

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८० र एन्टीजेन परिक्षण गर्दा ८९ गरी जम्मा २६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा २१५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार दुई जनाको मृत्यु भइसकेको छ ।

 

पछिल्लो २४ घण्टामा ३ हजार ५५७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार १५८ जना रहेका छन् ।