२०८० चैत्र १६ , शुक्रवार

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस धनकुटाबाट थापा सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभाको निर्वाचनका लागि धनकुटाबाट सुनिल थापालाई अगाडि सार्ने भएको छ ।

 

नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ नेपाली कांग्रेस केन्द्रिय सम्पादन समिति सदस्य तथा पुर्व मन्त्री सुनिलबहादुर थापालाइ सर्वसम्मत रूपमा एकल उम्मेद्वारमा सिफारिस गर्ने निर्णय गरेको हो ।

 

थापाले २०७० को निर्वाचनमा भने धनकुटाबाट विजय प्राप्त गरेका थिए। हाल कांग्रेसमा रहेका थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पनि हुन् ।