२०८१ बैशाख १२ , बुधवार

अव सवारी साधानको अवस्थाब बारे पनि चेकजाँच हुने, ट्राफिक प्रहरीले थाल्यो काम

सुनाखरी न्युज/ काठमाडौं ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको अवस्थाबारे चेकजाँच शुरु गरेको छ ।  त्रिभुवन विश्वविद्यालयको गेटमा प्रहरी प्रधान कार्यालयका प्राविधिकहरुको सहयोगमा बुधबार चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले  बताए ।

 

 

 

काठमाडौं हुँदै मकवानपुर र वीरगञ्ज चल्ने टाटा सुमो, बोलेरो, माइक्रोबस र सामान ओसार्ने भ्यानको ब्रेक, स्टेरिङ र इन्जिन आयलको अवस्थाबारे जाँच गरिएको छ । चेकजाँचको क्रममा ३४ वटा सवारी साधनमा त्रुटी भेटिएको एसएसपी भट्टले जानकारी दिए ।

 

इन्जिनको अवस्था नाजुक भएका ३ वटा सवारी साधानलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । काठमाडौंबाट वीरगञ्ज चल्ने एउटा माइक्रोबसको ह्याण्ड ब्रेक नै नलाग्ने गरेको भेटिएको छ । चेकजाँच गरेका मध्ये टाटा सुमोहरु ९८ प्रतिशतमा समस्या देखिएको छ ।