२०७९ आश्विन २१ , शुक्रवार

६ वटा बैंकमा आस्वा सेवा निःशुल्क, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन चार्ज ?

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । यससँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ ।

नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेवापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए ।

बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् । हालै सानिमा बैंकले पनि सी–आस्वा निःशुल्क गर्ने घोषणा गरेको थियो । यसरी ६ वटा बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ ।