२०८१ बैशाख १३ , बिहिवार

शान्तिविद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा

सुनाखरी न्युज/ काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्तिविद्यागृहले तीन दिन सम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिनुभयो । शान्ति विद्या गृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।

 

विद्यालयको हीरक महोत्सवगत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगितगर्नुपरेको भण्डारीले बताउनु भयो । हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम छ । १७गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मानमायाको चिनो र सम्मानगर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिकाअध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्व लाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।

 

१६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागीहुने विद्यालय व्यवस्थापनले जनाएको छ । शान्ति विद्या गृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवनभएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्या गृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउनुहुन्छ ।

 

शान्ति विद्या गृहमा स्थापनाको दिनबिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वतीवन्दनावाचनगर्दै प्रथमकक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रकाकरिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्तिविद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्तिविद्यागृह कन्याप्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्व प्राथमिक‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमाअहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययनगरिहेका छन् । उनीहरूलाई पढाउन ७जनाशिक्षक र ३२ जनाशिक्षिका छन् ।
पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालय मध्येको एक पनि हो।

 

विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् । स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालनगरियो ।२०४६ सालयताभने विद्यालय पूरै सरकारी अवधारणा अनुसार चल्दै आएको छ ।