२०८० चैत्र १६ , शुक्रवार

सामसङले ल्याएको छ, एक उत्साहजनक उपभोक्ता अफर योजना– यो वर्षको दशैं उपहार, डेलीटिभी, ड्याम्मै कार

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागिल्याएको छ एक अर्को उत्साहजनक उपभोक्ता अफर–यो वर्षको दशैं उपहार, डेलीटिभी, ड्याम्मै कार ।

 

यो अफर भाद्र १४ देखि असोज १४, २०७९ सम्म लागू रहनेछ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागीबन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले Samsung स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ माएसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् ।

 

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागिसधै प्रतिबद्ध छ। यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरू लाई खुसीहुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौ। आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन्। यस योजनाले हाम्रा ग्राहकहरू लाई पुरस्कृत गरियस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउछ भन्ने विश्वास हामीले राखेका छौं ।

 

यस योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेतावा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ । यसरी सामान खरीद गरेपछी खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित Samsung टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणको लागि Samsung स्पेस XXXXXXX (डिभाइसको सिरियल नम्बर) ।

 

एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोलाप्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा संचालन गरिनेछ र गोलाप्रथा लाई सामसङ फेसबुक पेजमालाइभ गरिनेछ । विजयीसिरियल नम्बरहरु सोहीदिन फेसबुक पेजमा पोस्ट गरिनेछ ।