२०८१ बैशाख ६ , बिहिवार

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा

सुनाखरी न्युज/ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ ।

 

जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए ।

 

गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।