२०८१ बैशाख ७ , शुक्रवार

काठमाण्डौ क्षेत्र नं ६ प्रदेश (ख) मा विरचक्र थापा मगरको दावी

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा काठमाडौं क्षेत्र नं ६ प्रदेश ख बाट विरचक्र थापा मगरले आफ्नो उम्मेदवारी दावी गरेका छन । चुनावको मिति तोकिए संगै नेकपा एमाले बाट आफ्नो उम्मेदवारी घोषणा गर्ने चर्चा उनको पार्टी भित्र र बाहिर चलिरहेको छ ।

 

विरचक्र थापा मगर समाजसेविको रुपमा परिचित छन उनि स्थानिय स्तरमा हुने काममा सधै आफ्नो पार्टि नेकपा एमालेको र आफ्नो प्रतिनिधित्व गर्दै समाज लाई रुपान्तरणा गर्दै र विकास लाई पनि सम्बन्धिती निकाय सगँ हातेमालो गर्दै अघी बढ्ने गर्छन थापा मगर । नेता थापा मगर प्रदेश सभा सदस्यको दावी गर्दै आन्तरिक छलफल लाई तीव्रता दिएका छन।

 

समग्रमा हेर्दा यस पटक पनि ६ नम्बर क्षेत्रमा दलहरुले पुरानै उम्मेदवार उठाउने कि नयाँ लाई टिकट दिने भन्ने आधिकारिक धारण बाहिर आईसकेको छैन । त्यस्ले गर्दा जनता पुराना नेताको सट्टा विकल्पमा अबको नेतृत्व समाजसेवी वा समाजलाई बुझेको  हुनु पर्छ र त्यस्ता उम्मेदवारबाट मात्र अबको विकास सम्भव छ भन्ने पक्षमा मतदाता देखिन्छ ।

 

२०५४ सालको स्थानीय तहको निर्वाचनमानेकपा एमाले बाट वडा सदस्य विजयी विरचक्र थापा मगरले कार्यबाहक वडा अध्यक्षको समेत जिम्मेवारी समालेका थिए । त्यती बेला उनले आफ्नो हैसियत र मतदाताले दिएको मत लाई सम्मान गर्दै बाटो घाटो बत्ती ढल जस्ता जनताका आधारभुत आवश्यकता उनको प्राथामिकतामा परेका थिए ।

 

स्थानिय पालिका संगको समन्वयमा विकाश गर्ने लक्ष्य रहेको थापा मगरको छ । स्थानिय सरकारका राम्रा कामलाई सर्मथ गर्दै गलत कामलाई खबरदारी गर्दै विकासको खाकाँ आफैले तयार गरेर सोहि अनुसार बजेट विनियोजन गर्ने हो भने विकास गर्न समय नै लाग्दैन भन्ने तर्क गर्छन थापा मगर । टोखा नगरपालिका तिन वडा र तारकेश्वर नगरपालिकाका ८ वटा वडा यस प्रदेश सभा निर्वाचनमा क्षेत्रमा पर्छ ।