२०७९ आश्विन १९ , बुधवार

सस्तियो सुन

gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो।

 

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा झरेको छ। हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।

 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।