२०८१ बैशाख ८ , शनिवार

प्रतिबन्ध गरिएका ६ वस्तुको आयात खुला

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आयात प्रतिबन्धलाई केही खुकुलो गरेको छ । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकामा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।

 

तर ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म लम्ब्याएको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो । अब जीप, कार भ्यान लगायत सवारीसाधन, १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन र तयारी मदिराको आयात असोज २८ गतेसम्म प्रतिबन्ध हुनेछ ।

 

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, लेजजस्ता वस्तु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिंदै गएको भन्दै सरकारले प्रतिवन्धलाई केही खुकुलो गरेको हो ।