२०८१ बैशाख ११ , मंगलबार

श्रृजनशील लघुवित्तको आइपीओ आजबाट बिक्री खुला

सुनाखरी न्युज/ काठमाडौं । श्रृजनशील लघुवित्तको आज बुधबार (भदौ १५ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

 

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ ।

 

जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ मे २५ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२३ मे २५ सम्म बाहल रहनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।