२०८१ बैशाख १२ , बुधवार

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ। बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको हो।

 

यो सेवाको सुरुआतसँगै ग्राहकले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्नेछन्। यसले गर्दा ग्राहक प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनुपरेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन्। यसका साथै यस प्रक्रियाबाट उल्लेखित रुपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास बैंकले लिएको छ। यो प्रणाली भदौ महिनाबाट लागू भएको छ। यससम्बन्धी कुनै समस्या परेमा ग्राहकले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।

 

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरीे समय–समयमा यस किसिमका नयाँ योजनाहरु ल्याएर ग्राहकलाई फाइदा पुर्याउँदै आएको छ। बैंकले सुरु गरेका यस्ता सेवा ग्राहकलाई लाभकारी हुने बैंकको विश्वास रहेको छ। मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।