२०८१ बैशाख १३ , बिहिवार

देशभरी रहेका बीएचएम कलेजको उत्कृष्ट सुचिमा गेटवे कलेज

सुनाखरी न्युज/ काठमाडौं । उच्च माध्यमिक तहको अध्ययन सकिएपछि स्नातक अध्ययनका लागि उपयुक्त शिक्षण संस्था आवश्यक पर्छ । देशभरि रहेका उत्कृष्ट बीएचएम BHM कलेजको सुचिमा बसुन्धरा चोक नजिकमा रहेको गेटवे कलेज अफ पोर्फेशनल स्टडिज परेको छ। उत्कृष्ट अध्ययन, ब्यबहारिक शिक्षा, क्रेडिट टार्नस्फर,अतिरिक्त कृयाकलाप,लगायत अन्य बिभन्न बिधाहरु लाई आधार मानिएर उक्त सुची तयार पारिएको थियो।

 

बिगत १३ बर्ष देखि पुर्वाञ्चल बिश्वबिद्धालय बाट सम्बन्धन स्वीकृत पाएको गेटवे कलेज मा कक्षा १२ मा उत्कृष्ट,कलेज टपर,जेहेन्दार,लगायत बिभिन्न शिर्षक मा पनि छात्रवृत्तिको ब्यबस्था रहेको जानकारी कलेजका सस्थापक अध्यक्ष सुरेस के.सि ले दिनुभयो।

 

प्लस टु अध्ययनपछि कुन विषयलाई आफ्नो करियर बनाउने भनेर विद्यार्थी सुनिश्चित हुन जरुरी छ । विद्यार्थीको रोजाईमा परेको विषय हो, ब्याचलर इन होटल म्यानेजमेन्ट(बी.एच.एम) ।