२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेटः थप २५७ जनामा कोरोना संक्रमण, ३,१४६ जना संक्रिय संक्रमित

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।