२०८० चैत्र १६ , शुक्रवार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बमा खुम्चियो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकको सुधार भएको छ । आज नेप्से २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवा खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४५ अंकले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज वी नेपाल लघुवित्त सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ९ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।