२०८१ बैशाख १२ , बुधवार

रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आफनै प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । रत्नपार्कस्थित विद्युत् प्राधिकरणले आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।

 

उद्घाटनका क्रममा मन्त्री भुसालले स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताइन् । देशका विभिन्न शहरमा प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ ।

 

 

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ ।