२०८१ बैशाख ६ , बिहिवार

नबिल बैंकले न्युरोडस्थित बेसमेन्टमा राखेको शाखा कार्यालय हटायो

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले पार्किङ प्रयोजनका लागि बनाइएको बेसमेन्टमा राखेको शाखा कार्यालय हटाएको छ । अघिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोलीले न्युरोडस्थित नबिल बैंकको शाखा बेसमेन्टमा सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिएको थियो ।

 

न्युरोडमा आइतबार अनुगमन गर्ने क्रममा बैंकले समानहरू हटाएर बेसमेन्ट खाली गराएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ । शाहका स्वकीय सचिव भुपदेव शाहले नबिल बैंकले सामानहरू हटाएको जानकारी दिए । वसन्तपुरस्थित सुरज आर्केडको संरचनाहरू पनि हटाइएको छ । बिरा कम्प्लेक्समा पनि बेसमेन्ट पार्किङ गर्नुपर्ने स्थानमा पसलहरू सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिइएको छ ।

 

महानगरले संरचना हटाउँदा रहेका भग्नावेश तथा अन्य भौतिक निर्माण सामग्री हटाउने जिम्मेवारी सम्बन्धित घरधनी कै रहेको जनाएको छ ।