२०८१ बैशाख ८ , शनिवार

सीजीको’मेघौली सराई’ एकै साथ दुई अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित

सुनाखरी न्युज/ काठमाडौं । चौधरी ग्रुप अन्तर्गतसीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ’मेघौली सराई’ एकै पटक दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । आतिथ्य सत्कार उद्योगमा अन्तराष्ट्रियस्तर मै प्रतिष्ठित मानिने ‘डेस्टिनेसन डिलक्स अवार्ड’ र ‘साउथ एसियन ट्राभल अवार्ड’मा मनोनित भएको हो ।

 

डेस्टिनेसन डिलक्स अवार्डअन्तर्गत मेघौली सराई‘वेस्ट इको होटल अफदि एयर २०२२’कालागि छनौटमा परेको छ ।यस अवार्डजित्नकालागिमेघौली सराईले ओमानको अलिलाजबलअख्दार, माल्दिभ्सको अमिल्लामाल्दिभ्स रिसोर्ट एन्ड रेसिडेन्सेस, इन्डोनेसियाको बुअहन्–अ बनियान ट्री एस्केप एट बालि,मेक्सिकोको चब्ले युकतान, क्यालिफोर्नियाको निउ ट्री रन्चलगायतसँगप्रतिस्पर्धा गर्नेछ । मेघौली सराईसहित यि सबै विश्वकाउच्च गुणस्तरीय पर्यटकको रोजाईमा रहेका रिसोर्ट हुन् ।
डेस्टिनेसन डिलक्स अवार्डले लक्जरी रिसोर्टहरू जसले स्पा, स्किन केयर, एवं नेचुरल ट्रिटमेन्टमा उल्लेखनीय योगदान पु¥याउनेहरुलाई यस्तो अवार्डवाट सम्मानगर्दै आएको छ ।

 

त्यसैगरि साउथएसिया ट्राभल अवार्ड अन्तर्गत मेघौली सराई ‘लिडिङ वाईल्ड लाईफ लज’ र ‘रिभर फ्रन्ट होटल–रिसोर्ट अवार्ड’मा मेघौली सराई मनोनयनमा परेको हो । विश्वभरका लक्जरी पर्यटकीय गन्तव्यका रुपमा यस रिसोर्टले अन्तर्राष्टिय स्तरमा नेपाललाई चिनाउदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा राप्ती नदिको वहावको अनुभवगर्न सकिने यो रिसोर्ट विश्वभरका जंगल सफारीमा रमाउने पर्यटकवीच निकै लोकप्रिय रहेको छ । यी दुबै श्रेणीहरूमा पनि मेघौली सराईले विश्वका उत्कृष्ट लक्जरी रिसोर्टहरु सँग प्रतिस्पर्धा गर्नेछ ।

 

कोभिडले थला परेको विश्वपर्यटन बजार सामान्यिकरणतर्फ उन्मुखबनिरहदा नेपालस्थितआफ्नो वल्र्डक्लास रिसोर्ट प्रतिष्ठित अवार्डहरुमामनोनयनको खबरले सीजी हस्पिटालिटीका मुख्यकार्यकारी अधिकृत राहुलचौधरीउत्साहित छन् । ‘कोभिडपछि खुल्नथालेको बिश्वपर्यटन बजारमायी प्रतिष्ठित अवार्डका लागिमनोनयनहुनु मेघौली सराई ग्रीनलक्जरी रिसोर्ट्स विधामामार्केट लिडर रहेको प्रमाण हो, चौधरीले भने ।

सिजि हस्पिटालिटीको एउटा महत्वपूर्ण प्रोपर्टीकारूपमा रहेको मेघौली सराई राप्तीनदीको किनारमा अवस्थित एकलक्जरीयस जंगल सफारीलज हो । यस रिसोर्टबाट चितवन राष्ट्रिय निकुञ्जका दृष्यहरु निर्वाध अवलोकन गर्न सकिन्छ । निजि स्विमिङ पुल रहेका यस रिसोर्टका सबै भिल्लाहरुबाट गैंडा, हात्ती, गोही र बाघ लगायतका वन्यजन्तुहरू दृष्यावलोकन गर्न पाईन्छ । सीजीहस्पिटालिटीले १२ देशका ९१ वटा स्थानमा १४१ भन्दाबढी होटल र रिसोर्टहरू संचालन गरिरहेको छ जसमा ८,३९९ भन्दा बढी कोठाहरु रहेका छन् ।