२०७९ आश्विन १६ , आइतवार

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषण

सुनाखरी न्युज/ काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।

 

फण्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डले १२ प्रतिशतका दरले हुने १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

फण्डको कोष व्यवस्थापक सनराइज क्यापिटल रहेको छ भने काेष प्रबर्द्दक सनराइज बैंक रहेको छ । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने जानकारी गराउने कम्पनीले जनाएको छ ।