२०८१ बैशाख १२ , बुधवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर बनेको छ । तिजको मुखमै सस्तिँदै गएको सुनको भाउ आज भने बढेको हो ।

 

सोमबार सुन तोलामा थप ६०० रुपैयाँ तथा आइतबार ७०० रुपैयाँ र चाँदी सोमबार र आइतबार दुबै दिन १५-१५ रुपैयाँले सस्तिएको थियो ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन सोमबार ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थीर रहँदै १ हजार १४५ रुपैयाँ निर्धारण गरिएको छ ।