२०८० चैत्र १५ , बिहिवार

समानुपातिक निर्वाचनका लागि ७६ दलको ६८ वटा निवेदन

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलका ६८ वटा निवेदन परेको छ ।

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिनुभयो । त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश–१ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । मधेस प्रदेशमा ६७ वटा दलका ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन परेका छन् ।

 

त्यसैगरी लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको अर्यालले जानकारी दिनुभयो ।