२०८१ बैशाख ७ , शुक्रवार

बोमबस्त माविमा तीजको दर खाने कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ म्याग्दी । मालिका ५ देविस्थान स्थीत श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा तीजको दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपाली नारीहरुको महान पर्व तीजको पुर्व सन्ध्यामा विद्यालयले तीज बिशोष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता तथा देविस्थान स्वाथ्य चैकीका कर्मचारीहरुको सहभागिता रहेको थियो । तीज बिशेष कार्यक्रमको अवसरमा विद्यालयको बातावरण नै तीजमय भएको थियो ।कार्यक्रमा शिक्षक कर्मचारी तथा जनप्रतिनिधीहरुले संगै दर खाएर छम–छमी कम्मर मर्काएर नाचे ।

वर्षभरीका सबै दुःख भुलेर आगामी जिवनलाई सुखमय बनाउन र नेपाली संस्कृतिको जगेर्ना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको शिक्षक चेत बहादुर जिटिले जानकारी दिनुभयो । कार्यक्रममा पुर्व वडा अध्यक्ष पिपला बुढाथोकी, वडा सदस्य सरीता सुनार, सामाजिक व्यतिmत्व राजमती बुढा र नवीना पुन, स्वास्थ्यकर्मी सपना पुन, पविता पुन, सुमन गुरुङलगाएतको उपस्थिती रहेको थियो ।

तीज बिशेष कार्यक्रम अन्तरर्गत विद्यालयले शुत्रबार मात्रै अन्तर विद्यालय स्तरी सामुहिक खुल्ला नृत्य प्रतियोगिताको अवार्ड समेत जित्न सफल भएको गौ बोमबस्त मावि विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिक रहेको यस बिद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि बिशेष जोड रहँदै आएको छ ।