२०८१ बैशाख १३ , बिहिवार

नेप्सेमा झिनो अंकको सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको सुधार भएको छ । आज नेप्से ३.७६ अंकले बढेर एक हजार ९ सय ९३ दशमलब २ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका कम्पनीमध्ये १११ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४८ अंकले बढेर प्रतिकित्ता १०४९ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज रु रु जलविद्युत परियोजनाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ११ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।