२०८१ बैशाख ७ , शुक्रवार

प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटलले नयाँ योजना ल्याएइको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको हो ।

 

“यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि भाद ३१ गतेसम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधि भित्र यस लगानी यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० प्रतिशत नै छूट पाउनेछन् ।

 

प्रभु क्यापिटलका अनुसार यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।