२०८० चैत्र १५ , बिहिवार

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ ।

 

महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ। नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ ।

 

महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरुको बेसमेन्ट खाली गराइरहेको छ । आजै महानगरले सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घन्टे अल्टिमेटम दिएको छ।