२०८१ बैशाख ११ , मंगलबार

‘आइसिटी अवार्ड २०२२’ को लागि अनलाइन नोमिनेशन वुधवारसम्म बुझाउन सकिने

सुनाखरी न्युज/ काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन), यहि भदौ १५ गते वुधवारसम्म बुझाउन सकिने छ ।

 

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ पनि आयोजना हुनेछ । यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेको छ ।

 

प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ष्अतबधबचम।यचन) वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ । विभिन्न १२ विधामा हुने छनौट प्रकृयाको लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढि विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।

 

आइसिटी अवार्ड प्रविधिको क्षेत्रमा काम गर्ने व्यत्ति, सस्था, कम्पनी, विद्यार्थी र इन्नोभेसनहरुलाई सम्मान र प्रोत्साहन गर्ने नेपालको सबैभन्दा भब्य र प्रतिष्ठित प्लाटफर्म हो । यसमा सहभागी स्टार्टअप, इन्नोभेटर र नयाँ प्रोडक्टहरु विकास गरेका व्यत्ति तथा सस्थालाई विभिन्न किसिमले सहयोग गर्ने, लगानीको वातावरण बनाउने र अन्तराष्ट्रिय प्लाटफर्महरुमा समेत सहभागी गराउदै स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण भुमिका निवार्ह गरिरहेको छ ।

 

यसैगरी डिजिटल गर्भनेन्स, एजुकेशन र सर्भिसेस मार्फत डिजिटल रुपान्तरण र यसको इकोसिस्टमको विकासमा योगदान दिइरहेको आयोजकले जनाएको छ । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुको सहकार्य रहदै आएको छ । थप जानकारीको लागि वेबसाइट www.ictaward.org वा फोन न. ९८५११४१३४८, ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।